IME Life

बैंकास्योरेन्स सम्झौतामा इतिहाश रच्दै-रिलायवल लाइफ इन्स्योरेन्स, पछिल्लो सम्झौता मेगा बैंक संग

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: पछिल्लो समयमा बैंकास्योरेन्स सम्झौताको लागि आक्रामक रिलायवल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपाल लिमिटेड कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मेगा बैंकका बरिष्ठ नायब महाप्रबन्धक-महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सो सम्झौता संगै रिलायवल लाइफ इन्स्योरेन्स नेपालको इतिहाशमै सबै भन्दा धरै बैंक तथा वित्तीय संस्थासंग बैंकास्योरेन्स सम्झौता गर्ने जिबन बीमा कम्पनी बनेको छ ।


सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट रिलायवल लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ । रिलायवल लाइफ इन्स्योरेन्सले बैंकास्योरेन्स सम्झौता मार्फत आम नेपाली समुदायलाई बीमाको पहुच पुर्याउने लक्ष्य लिएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS