Prabhu Life Ad Final

टेक्नोमार्केटिङ बिज्ञ-रमेशकुमार भट्टराई यूनाईटेड इन्स्योरेन्सको कार्यबाहक सीईओ नियुक्त

IME PAY

इन्स्योरेन्स खबर/काठमाडौं: यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको कायम-मुकायम प्रमुख कार्यकारी अधिकृत मा रमेशकुमार भट्टराई नियुक्त भएका छन्, भट्टराई केहि समय अगाडी मात्र नेको इन्स्योरेन्स कम्पनीबाट यूनाईटेड इन्स्योरेन्स प्रवेश गरेका हुन्।

असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेनसका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो ।

NCHL

इन्स्योरेन्सका बिबादित सीईओ शेखर बरालको राजिनामा पश्चात असार ४ गते देखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

१९९७ मा शंकरदेव क्याम्पसबाट एमबीए गरेका हुन। करिब दुई दशक बीमा क्षेत्रमा अनुभव बटुलेका भट्टराई बिमा क्षेत्रमा सरल तथा राम्रो छबिका व्यक्ति मानिन्छन ।

रिक्त हुन आएको उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि नवनियुक्त भट्टराईले कम्पनीको कामु सिइओको कार्यभार सम्हाल्ने छन् ।

नेपाली बिमा क्षेत्रमा ‘टेक्नोमार्केटिङ’ मा अनुभवी तथा एक सफल प्रयोगकर्ताको रुपमा बिशेष पहिचान बनाएका भट्टराईको अनुभबको सही सदुपयोग गर्नसके यूनाईटेड इन्स्योरेन्स कम्पनीले छिट्टै सफलताको शिखर चुम्न सक्ने आशा गर्न सकिन्छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x