IME Life

सूर्या लाइफको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बिक्रीमा ल्याएको करिब २९ लाख कित्ता हकप्रद शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । सूर्या लाइफले १०ः४ अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि आज अर्थात् असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । शेयरधनीले विक्री प्रबन्धकका साथमा सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब एक करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS