IME Life

सन नेपाल लाइफले ६० करोडको सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा सन नेपाल लाइफका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत-राजकुमार अर्याल र नेपाल एसबीआई मर्चेन्ट बैकिङका -रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात इन्स्योरेन्सको सेयर हस्तान्तरण तथा धितोपत्रसँग सम्बन्धित सम्पूर्ण काम बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले गर्ने भएको छ । एसबीआई मर्चेन्ट बैंक, नेपाल एसबीआई बैंकको सहायक कम्पनी हो।

Prabhu
Crest

बिमा समितिको निर्देशन अनुरुप जिबन बिमा कम्पनीहरुको चुक्ता पुंजी २ अर्ब हुनु पर्नेहुन्छ, हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ, कम्पनीले आगामी आर्थिक वर्ष भित्रै तोकीएको २ अर्ब पुँजी पुर्याउनको लागि ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको हो।

इन्स्योरेन्सले हालसम्म ७ हजार भन्दा बढी बीमालेख बिक्री गरिसकेको छ । हालसम्म २० शाखा स्थापना गरिसकेको इन्स्योरेन्सले चालु आवमा थप १५ वटा शाखा विस्तार गरि कुल ३५ वटा पुर्याउने कम्पनीको लक्ष्य छ । साथै, सोही आवको असोजसम्म ८६ वटा उपशाखा पुर्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS