IME Life

बिमा क्षेत्रमा व्यवसायिक अभिकर्ताको अभाब, सक्रिय अभिकर्ताको संख्या न्युन

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: पछिल्लो पटक बिमा समितिले ९ ओटा जिबन बिमा कम्पनीहरुलाई संचालनको अनुमति दिए संगै बीमा क्षेत्रमा प्रतिस्पर्धा बढ्दो छ, मुख्यतया जिबन बीमा ब्यबसायको मुख्य खम्बा अभिकर्ता नै हुन्, अभिकर्ता भनेको बिमा कम्पनी र बिमित बीचका मध्यस्थकर्ता हुन् । जसले दुइ पक्षबीच मध्यस्थकर्ताको काम गर्छन् । बिमा क्षेत्रमा अभिकर्ताको व्यवस्था अन्तराष्ट्रिय अभ्यास हो ।

बिमा ऐन २०४९ ले बिमा अभिकर्ता भन्नाले विमकको तलबी कर्मचारी नभइ कमिशनको आधारमा बिमकको तर्फबाट काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति सम्झनुपर्छ।

Prabhu
Crest

तर पछिल्लो समय जिबन बीमा कम्पनीहरुमा व्यवसायिक अभिकर्ताको कमिले गर्दा सोचेको जस्तो सफलता पाउन नसकिएको एक जिबन बिमा कम्पनीका उच्च अधिकारीले बताए, उनका अनुसार अहिले जिबन बिमा कम्पनीहरुले गुणात्मक अभिकर्ता बिकाश गर्नुको सट्टा, संख्यामा मात्र जोड दिदा, तालिम दिएर दक्ष अभिकर्ता उत्पादन गर्नुभन्दा पनि पुराना अभिकर्तालाई आकिर्षत गर्न तर्फ जोड दिदा व्यवसायिक अभिकर्ताको बिकाश हुन नसकेको हो । उनका अनुसार बजारमा अभिकर्ता नै नभएका भने होइनन तर कम्पनीको व्यवसायिक लक्ष्य अनुसार नतिजा दिन सक्ने पूर्णकालिन अभिकर्ताको अभाब नयाँ/पुराना सबै कम्पनीमा छ।

नेपालको अग्रणी बिमा जिबन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले संचालनको मितिबाट अहिले सम्म करिब ९० हजारको हाराहारीमा अभिकर्ताको इजाजतपत्र जारी गरेकोमा अहिले करिब १० प्रतिशतको हाराहारीमा मात्र सक्रिय अभिकर्ता रहेको जनाएको छ, त्यस्तै एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको चैत्र मशान्त सम्म ६८,६६६ अभिकर्ताको लागि इजाजतपत्र जारी गरेकोमा करिक १२ प्रतिशतको हाराहारीमा मात्र सक्रिय अभिकर्ता रहेको जनाएको छ, कतिपय अभिकर्ताले इजाजतपत्र समय-समयमा नबिकरण गरेपनि बिमा ब्यबसायमा सक्रिय नदेखिने गरेका छन् ।

पछिल्लो पटक इजाजत पाउने नयाँ जिबन बिमा कम्पनीहरुले नेपाल लाइफ इन्स्योरेन्स लगायत अन्य पुराना कम्पनीका अभिकर्ताहरुलाई कर्मचारीको रुपमा लागेको कारणले पनि अहिले बिमा कम्पनीहरुमा व्यवसायिक अभिकर्ताको अभाब खडकिन थालेको हो ।

व्यवसायिक अभिकर्ताको अभाबकै कारणले नेपाली बिमा क्षेत्रले सन्तोषजनक फड्को मार्न नसकेको बिमा विद डा. रबिन्द्र घिमिरेले बताउनु भयो, घिमिरेका अनुसार बिमा कम्पनीहरुले बिमा अभिकर्ताको रुपमा शिक्षित युवा वर्ग तथा बीमा अभिकर्ता पेशालाई मुख्य पेशा बनाउने गरि आकर्षण गर्न नसकेको कारणले गर्दा बिमा अभिकर्तालाई समाजले नकारात्मक दृस्टीकोडले हेर्ने प्रचलन अहिले पनि छ, शिक्षित तथा पूर्ण व्यवसायिक अभिकर्ताको बिकाश गर्न सके कुनै एउटा बिमा कम्पनीमात्र नभएर समग्र बिमा क्षेत्रकै बिकाश हुन सक्ने बिश्वाश घिमिरेको छ, साथै बिमा कम्पनीहरुले अभिकर्ता तालिमको गुणस्तरमा ख्याल गर्नु जरुरि रहेको घिमिरेले बताउनु भयो ।

एक जिबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार अहिले कै हिसाबले अभिकर्ता संख्या बढ्ने हो भने अबको ३-४ वर्ष पछि बिमित भन्दा अभिकर्ताको संख्या बढ्ने देखिन्छ, उनका अनुसार हाल संचालित जिबन बिमा कम्पनीहरुमा काम गर्ने अभिकर्ता मध्ये करिब ६५ प्रतिशत अभिकर्ताको आफ्नै बिमा छैन, तसर्थ बिमा अभिकर्ता बनाउदा वा तालिममा सहभागी भइसके पछि कम्तिमा पनि बीमाको आधारभुत ज्ञान र आफ्नो बिमा आफै गर्न सक्ने अभिकर्ता नबन्दा सम्म अभिकर्ता तालिम संचालन गर्नुको अर्थ रहदै। उनका अनुसार बिमा कम्पनीहरुमा काम गर्ने तल्लो तहकै करिब ४० प्रतिशत कर्मचारीको समेत जिबन बीमा छैन, तसर्थ बलजफत बिमा योजना बिक्रि गर्नुको सट्टा बिमाको चेतना महत्वपुर्ण रहेको देखिन्छ।

नेपालको संग-संगै बीमाको इतिहाश सुरु गरेको भारतमा भने बिमाको दाएरा फराकिलो बन्दै जादा नेपालमा बिमामा साक्षरता १५ प्रतिशतको हाराहारी मात्र रहनु र करिब ७० वर्षको प्रयाशबाट कुल जनसंख्याको १० प्रतिशत भन्दा कम जनसंख्या बिमाको दाएरा आउनु पक्कैपनि सन्तोषजनक होइन तसर्थ नयाँ जिबन बीमा कम्पनीहरुले अभिकर्ताको गुणात्मक बिकाश र विस्तारमा ध्यान पुर्याउन नसकेको खण्डमा बिमा क्षेत्रको बिकाश र विस्तार कागजमा मात्र सिमित हुने देखिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS