IME Life

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर असार १७ देखि, बाँकी पुंजीको जोहो कसरी गर्ला…

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: निर्जिबन बिमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले असार १७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ३५ प्रतिशत अर्थात २२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन साउन २० गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बैंशाख ३० गतेसम्म कायम रहेका सेयरधनी मात्र हकप्रद सेयरका लागि आवेदन दिन योग्य हुने भएका छन् ।

हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर ८६ करोड ५१ लाख रुपैयाँ पुग्ने छ । हाल सिद्धार्थको चुक्तापुँजी ६४ करोड १४ लाख रुपैयाँ छ ।

Crest
Meta Holidays

कम्पनीले बाँकि करिब १३. ४१ करोड पुंजी चालु आर्थिक वर्ष को मुनाफाबाट वितरण गर्ने योजना गरेको छ। चालु आर्थिक वर्षको अन्त्य सम्म निर्जिबन बिमा कम्पनीहरुको चुक्ता पुंजी १ अर्ब पुराउनु पर्ने बिमा समितिको निर्देशन पुरा गर्न बिमा कम्पनीहरुले हकप्रदको बाटो रोजेको देखिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x