IME Life

नेपाल इन्स्योरेन्सको एक लाख ६१ हजार कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौंः नेपाल कै पहिलो बिमा कम्पनीनेपाल इन्स्योरेन्स कम्पनीले केहि समय अगाडी वितरण गरेको १:१ अनुपातको हकप्रदमा बिक्रि नभएको मध्येको शेयर लिलामी आगामी असार ३ गतेदेखि गर्ने भएको छ, कम्पनीले कुल १ लाख ६१ हजार १२४ कित्ता लिलाम मार्फत बिक्रि गर्ने जनाएको छ ।

जस मध्ये कम्पनीले संस्थापकतर्फ २ हजार १७७ र सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद लिलामी गर्न लागेको हो । कम्पनीको हकप्रदमा बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहको शेयर लिलामी गर्ने भएको हो ।

Prabhu
Crest

कम्पनीको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडलका अनुसार लिलामी शेयरमा असार ३ देखि १० गते सम्म शिलवन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले क्यापिटलका राजधानीका लाजिम्पाट, लालदरबार, लगनखेल शाखाहरु, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बीरगञ्ज र गोल्छाचोक विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंकका सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लीलाम बढाबढमा सहभागी हुन चाहनेहरुले साधारणतर्फको शेयरका लागि कम्तिमा १ सय कित्ता र संस्थापकतर्फ कम्तिमा १ हजार कित्ताको आवेदन दिनुपर्ने छ । कम्पनीले गत बैशाख ५ देखि जेठ ८ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS