IME Life

एशियन लाईफ र महालक्ष्मी विकासबीच बैंकासुरेन्स सम्झौता, बिमाको पहुँच बढ्ने बिश्वाश

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः पछिल्लो पटक बैंकासुरेन्सको बढ्दो लहर संगै जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म पुर्याउन एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठ र महालक्ष्मीका सीईओ कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।

बैंकासुरेन्सको माध्यमबाट महालक्ष्मीका शाखाबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ ।

Crest

अब एशियन लाईफका बीमा योजनाहरु महालक्ष्मी विकास बैंकका नेपालभरिका ७१ वटा शाखा कार्यालयबाट समेत लिन सकिनेछ ।

महालक्ष्मी विकास बैंक एशियन लाईफ ईन्स्योरेन्सको प्रधर्बक पनि हो।

एशियन लाईफको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् । गत चैत मसान्तसम्म कम्पनीको जीवन बीमाकोष बढेर १२ अर्ब ९ करोड, लगानी १२ अर्ब २८ करोड र चुक्तापूँजी १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS