IME Life

स्वास्थ्य बिमामा आक्रामक बन्दै: आइएमई जनरल इन्स्योरेन्स, ग्राण्डी हस्पिटलसंग क्यास लेस सेवा प्रदान सम्झौता

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच क्यास लेस (नगद रहित) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म ग्राण्डी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा सुबिधा प्राप्त गर्न सक्ने छन् ।
साथै, कार्यक्रममा हस्पिटलले आफ्ना ग्राहकहरुलाई इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन आग्रह गरेका छन् । साथै, उनले अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने बताएका छन् ।

Crest
Meta Holidays

यस अगाडी आइएमई जनरल इन्स्योरेन्सले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपाल मेडिसिटी हस्पिटल लगायतका हस्पिटल सग क्यास लेस (नगद रहित) कारोबार सम्झौता गरिसकेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x