IME Life

एशियन लाईफ इन्स्योरेन्सको दशौं वार्षिक साधारण सम्पन्न, ६० प्रतिशत हकप्रद शेयरको प्रस्ताब पारित

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः एशियनलाईफ इन्स्योरेन्सले आफ्नो दशौं वार्षिक साधारण सभा बीरगंज स्थित होटल भिश्वामा यही २०७५ सालजेष्ठ १९गते शनिवार सफलता पुर्बक सम्पन्न गरेको छ । सो साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्री दिपककुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो।

साधारण सभाले कम्पनीले हालैमात्र जारी गरेको ५० प्रतिशतको हकप्रद शेयरको वाँडफाँड पश्चात कायम हुने कुल चुक्तापुंजी समेत कायम प्रस्ताब गरेको ४ प्रतिशत बोनस शेयर र सो लाग्ने कर समेत पारित गरेको जनाएको छ।

Crest

साधारण सभाबाट पारित भएको बोनस शेयरको पंजीकरण संगै कम्पनीको चुक्तापूँजी रु. १ अर्ब २५ करोड ६७लाख २५ हजार ४५४ रुपैया ४० पैसा पुगेको कम्पनीले जनाएको छ । बिमा समितिको निर्देशन बमोजिम जिबन बीमा कम्पनी हरुलाई २ अर्ब पुंजी कायम गर्नु पर्ने समय नजिकीदै जादा कम्पनीले फेरी अर्को १०:६ को अनुपातमा हकप्रद शेयर जारी गरि कम्पनीको चुक्तापूँजी रु.दुई अर्ब चुक्ता पुंजी पुर्‍याउने प्रस्ताब पनि पारित गरेको छ, हाल कम्पनीको अधिकृत पूँजी रु.५ अर्बको रहेकोछ ।

२०६४ साल चैत्र २१ गते देखि कारोवार संचालन गरेको यस कम्पनीको २०७४ साल चैत्र मसान्त सम्ममा रु.१२ अर्ब ९ करोड को जीवनबीमा कोष र रु.१२ अर्ब २८ करोड लगानी तथा कर्जा रहेकोे छ । त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा कूल रु.२ अर्ब १६ करोड १४ लाख बीमा शुल्कआर्जन गरीसकेको जनाएको छ। कम्पनीले नेपाल भरि २८ वटा शाखा तथा ६९ वटा उप-शाखाहरुबाट बीमा सेवाप्रदान गर्दै आईरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS