IME Life

आक्रामक बन्दै ‘ज्योति रेमिट’ रेमिटेन्स कारोबारको लागि सानिमा बैंकसंग सम्झौता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः ‘ज्योति रेमिट’को प्रबर्द्धक ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमुख बलदेव थापा तथा सानिमा बैंकका तर्फबाट प्रबन्धक सरोज गुरागाँईले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात दुई संस्थाले रेमिट आदान प्रदान गर्ने भएका छन् । ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा अबदेखि सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि रकम भुक्तानी लिन र दिन सकिने बैंकले जनाएको छ ।

राष्ट्रिय स्तरको बिकाश बैंक ज्योति बिकाश बैंकले ‘एक गाउँ एक बैक-एक व्यक्ति एक बैंक खाता’ को अबधारणालाई चरितार्थ गर्दै रेमिटबाट मुलुक भित्रिने रकमलाई बचत र उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने सोचमा कम्पनी अगाडी बढेको बैंकले जनाएको छ ।

Crest

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी ग्राहकबाट रु. १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणिमार्फत रु. १३ अर्ब ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्ब ५९ करोड कायम रहेको छ ।

बैंकले रेमिट सेवा संगै आगामी दिनमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

र यो पनि…..

रेमिटान्स क्षेत्रमा आक्रामक बन्दै ज्योति बिकाश बैंक, सुरु गर्यो: ‘ज्योति रेमिट’

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS