IME Life

बजेटमा इन्स्योरेन्स :प्राथमिकतामा स्वास्थ्य बिमा, जिबन बिमा गर्दा पाइने आयकर छुट सिमा ५ हजारले बढ्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत आकार बढाएर पहिलो पटक संघिय मोडेलमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।  बिगतको तुलनामा बिमा क्षेत्रलाई यो पटक बढी महत्व दिएको बजेटमा इन्स्योरेन्स क्षेत्रलाई कसरि सम्बोधन भयो बुदागत रुपमा:-

  • स्वास्थ्य बीमा कार्यक्रम’लाई आगामी वर्ष मुलुकभरी विस्तार गरिने भएको छ, ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था मिलाएको र त्यसका लागि तिर्नुपर्ने बीमाशुल्क सरकारले नै तिरिदिने व्यवस्था गरेको कुरा बजेटमा उल्लेख गरिएको छ ।
  • सरकारले नयाँ बजेटमार्फत पत्रकार दुर्घटना विमाका लागि अनुदान, एक वर्षभित्र सबै नेपालीको बै‌क खाताको नीति ल्याइएको छ। बैंकिंग तथा बचत गर्ने बानीले बिमाको चेतना पनि बढ्न सक्ने बिश्वाश गर्न सकिन्छ ।
  • यसैगरी कर्मचारीहरुको बीमांक रकम पनि सरकारले बढाएको छ । यसअघि कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको बीमा हुन्थ्यो । अब भने थप एक लाख थपेर बीमांक रकम २ लाख रुपैयाँ पुर्‍याइएको छ । यसमध्ये ५० प्रतिशत सरकारले र बाँकी ५० प्रतिशत सम्बन्धित कर्मचारीहरुले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।
  • विमा कम्पनीहरुले विमा लेखाङ्कको २० प्रतिशत रकम अनिवार्य रुपमा स्वदेशी पुनर्विमा कम्पनी नेपाल रि-इन्स्योरेन्समा नै जम्मा गर्नुपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा गरिएको यस्तो व्यवस्थाले पुनर्विमाका लागि देशबाट बाहिरिने करोडौं रकम स्वदेशमै रोकिने भएको छ ।
  • २ बर्ष भित्र सबै बीमा कम्पनीहरूको कुुल कारोबारमा लघुबीमाको हिस्सा १० प्रतिशत पु-याउनुपर्ने सरकारको लक्ष्य रहेको छ।
    उत्पादन जोखिम सम्बोधन गर्न कृषि बीमामा थप विस्तार गरिने र बीमाशुल्कमा ७५ प्रतिशत अनुदानका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
  • साना निक्षेपकर्ताको निक्षेपको अनिवार्य बीमा सीमा बृद्धि गरि रू ३ लाख र धितो रहित प्रवाह हुने साना कर्जा सुरक्षण गर्ने रकमको सीमा रु १० लाख व्यवस्था लागु गरिने छ।
  • सबै नेपलीमा बीमा पहुँच पुर्‍याउनु गरि योजना ल्याइने । बीमा समितिको क्षमता अभिबृद्धि गर्न समयानुकुल बीमा ऐनको संसोधन गर्न सकिने।
  • जीवन बीमाको प्रिमियमबाट आयकरमा खर्च कट्टी पाउने रकममको सीमालाई बृद्धि गरि रु २५ हजार पु-याउनुपर्ने, हाल कायम सिमा रु २० हजार रहेको छ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS