IME Life

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालको स्वास्थ्य उपचार सेवामा १० प्रतिशत छुट

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालले दिने विभिन्न स्वास्थ्य उपचार सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाउने भएका छन् । बैंकको डेबिट/क्रेडिट कार्ड लिएका बैंकका ग्राहक एवं कर्मचारीले उक्त अस्पतालमा उपचार गराउँदा सो मात्राको छुट पाउने बैंक ले जनाएको छ

अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकको भारतको सम्पर्क कार्यालयका प्रमुख ज्वाला शर्मा र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालको तर्फबाट कार्यकारी निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरेका हुन् ।

Crest
Meta Holidays

साथै, बैंकको क्रोन ल्याबरेटोरी तथा रेफरल सेन्टर (के. ल्याब.) सँग पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र के ल्याबका प्रशासकीय निर्देशक कान्ति थापाबीच हस्ताक्षर भएको हो ।

के ल्याबले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा बैंकबाट डेबिटरक्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

हाल बैंकले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ८५ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x