IME Life

नयाँ जिबन बिमा कम्पनीहरुको अधिकांश दाबी भुक्तानी बैदेशिक रोजगार (म्यादी) बिमामा

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: पछिल्लो पटक व्यवसाय सञ्चालनको अनुमति प्राप्त गरेका नौ ओटा जीवन बीमा कम्पनीमध्ये प्राय सबैले बैदेशिक रोजगार (म्यादी) बिमाको बिमालेख जारी गरेका छन् भने केहि कम्पनीहरुको बीमा शुल्क आर्जन गर्ने प्रमुखश्रोत नै बैदेशिक रोजगार (म्यादी) बिमालाई बनाएको देखिन्छ  ।

विदेश जाँदै गर्दा भिसाको समय अवधि भित्रको वा करार अवधि भित्रको बिमा गर्नु पर्ने हुन्छ | त्यस्तो बिमालाई म्यादी जीवन बिमा भनिन्छ | यो विदेश जाने बेलामा स्वास्थ्य परिक्षण भई सकेपछि नेपाल सरकारले तोकेको कुनै एउटा बिमा कम्पनिबाट गर्नु पर्छ |

Prabhu
Crest

यो जीवन बिमा होईन | कसैले जीवनबिमा गरेको छ भने पनि रोजगारीको लागि विदेश जाँदा म्याद अवधि बिमा गराउनु पर्छ | केहि समय अगाडी बाट सरकारले बैदेशिक रोजगार (म्यादी) बिमा अनिबार्य गरेपछि बिमा कम्पनीहरुले बैदेशिक रोजगार (म्यादी) बिमालाई आफ्नो मुख्य बीमा योजनाकै रुपमा बिक्रि गर्न थालेका छन्।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्सले बैदेशिक रोजगार (म्यादी) बिमाबाट बीमा शुल्क आर्जनगरेको देखिदैन तर अन्य कम्पनीहरु युनियन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स लगायतले भने बैदेशिक रोजगार (म्यादी) बिमालाई आफ्नो मुख्य बीमा योजनाकै रुपमा बिमालेखहरु बिक्रि गरेका छन्।

तर कम्पनीश्रोतका अनुसार हाल बैदेशिक रोजगार (म्यादी) बिमामा ठुलो संख्यामा दाबी भुक्तानी पर्ने गरेको छ, युनियन लाइफ इन्स्योरेन्सले हाल सम्म बैदेशिक रोजगार (म्यादी) बिमा अन्तर्गतका बिमालेखमा करिब ६० लाख भुक्तान गरिसकेको जनाएको छ।  आईएमई लाइफ इन्स्योरेन्सले पनि हाल सम्मको सबै दाबी भुक्तानी बैदेशिक रोजगार (म्यादी) बिमामा नै गरेको छ, कम्पनीले हाल सम्म भुक्तानी गरेको २७ लाख दाबी भुक्तानी रकम बैदेशिक रोजगार (म्यादी) बिमासंगै सम्बन्धित रहेको छ। त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले पनि आफ्नो पहिलो दाबी भुक्तानी बैदेशिक रोजगार (म्यादी) बिमाबाट नै गरेको थियो। कम्पनीले अहिले सम्म २८ लाख ५८ हजार दाबी भुक्तानी गरेकोमा अधिकांश दाबीभुक्तानी रकम बैदेशिक रोजगार (म्यादी) बिमा नै गरेको देखिन्छ ।

त्यस्तै बैदेशिक रोजगार (म्यादी) बिमामा आक्रामक दखिने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि चैत्र अन्तिम सम्म ४२ लाख २८ हजार दाबी भुक्तानी गरेकोमा सबै रकम बैदेशिक रोजगार (म्यादी) बिमाको देखिन्छ । संयोग नै मान्नु पर्छ बैदेशिक रोजगार (म्यादी) बिमालेख बिक्री नगर्ने कम्पनीहरुले अहिले सम्म दाबी भुक्तानी गर्नु परेको छैन अर्थात् दाबी परेको छैन ।

कम्पनीहरुले प्रकाशित गरेको तेश्रो त्रैमशिक विवरण अनुसार बैदेशिक रोजगार (म्यादी) बिमालेख बिक्री नगर्ने कम्पनीहरु सन् नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स, ज्योति लाईफ, प्रभु लाईफ इन्स्योरेन्समा अहिले सम्म दाबी परेको छैन ।बैदेशिक रोजगार (म्यादी) बिमालेख बिक्री नगर्ने कम्पनीहरु मध्यकै एक रिलायन्स लाईफ इन्स्योरेन्सले भने आफ्नो पहिलो दाबी रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत गरेको जनाएको छ, जुन बैदेशिक रोजगार (म्यादी) बिमालेख होइन ।

सामान्यता हेर्दा कम्पनीहरुलाई बैदेशिक रोजगार (म्यादी) बिमालेखमा जोखिम देखिए पनि अभिकर्ता बिनानै बिमाशुल्क आर्जन हुने तथा दाबी नपरेको खण्डमा पुरै बिमाशुल्क आम्दानीमा गणना हुने हुदा बैदेशिक रोजगार (म्यादी) बिमा नयाँ कम्पनीहरुको लागि आकर्षक देखिन्छ  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS