IME Life

एशियन लाईफ इन्स्योरेन्स कं. लि. र कैलाश विकास बैंक लि.बीच बैंकासुरेन्स सम्झौता

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले मिति २०७५/०२/०९ गते एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री राजेश कुमार श्रेष्ठ र कैलाश विकास बैंक लिमिटेडकाप्रमुख कार्यकारी अधिकृत श्री अमृत चरण श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको छ ।

 

Crest
Meta Holidays

बैंकासुरेन्सको माध्यमबाट बैंकका शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग कैलाश विकास बैंकका नेपालभरिका ५२ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिनेछ ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ चैत मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष रु.१२ अर्ब ९ करोड, लगानी १२ अर्ब २८करोड तथा चुक्ता पूँजी रु.१ अर्ब २० करोड (हालै जारी गरिएको ५० % हकप्रद शेयर पूँजीकरण पश्चात) रहेको छ ।

 

र यो पनि….

बोनस दरमा नेपाल लाइफ इन्स्योरेन्सलाई-एशियन लाइफ इन्स्योरेन्सको ठाडो चुनौती

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x