IME Life

बोनस दरमा नेपाल लाइफ इन्स्योरेन्सलाई-एशियन लाइफ इन्स्योरेन्सको ठाडो चुनौती

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ चैत्र २०: बीमा कुनै दुई पक्षबिचको एक सम्झौता हो जसमा पहिलो पक्ष (बीमित) ले आफ्नो वस्तु वा दायित्वको कुनै जोखिमहरूका विरूद् आर्थिक सुरक्षाको निम्ति पूर्वघोषित सानो रकम बुझाए वापत दोश्रो पक्ष(बीमक)ले पहिलो पक्षलाई आर्थिक सुरक्षा प्रदान गर्छ। बिमा जीवन र निर्जीवन गरी दुई प्रकारका हुन्छन्। मान्छेको जीवन र त्यससंग सम्बन्ध राख्‍ने बीमालाई जीवन बीमा भनिन्छ। नेपाली बिमा बजारमा बिमा गर्न/बिमा पोलीसि खरिद गर्न प्रमुख भूमिका खेल्ने ‘बोनस दर’ को बारेमा समय समयमा ठुला-ठुला बहश हुने गरेका छन्, बिमा गर्नको लागि ‘बोनस दर’ पनि मुख्य कुरा हो तर  ‘बोनस दर’ सबै थोक भने होइन ।

जीवन बीमा कम्पनीहरुले हरेक वर्ष बीमांक रकमको प्रति हजार रुपैयाँ बराबर दिने प्रतिफल नै ‘बोनस दर’ हो । बीमा गर्ने व्यक्तिले यो बोनस बीमा अवधि सकिएपछि एकमुष्ट पाउँछ । यसको हिसाब गर्दा कुल बीमांक रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको बोनस दर दिइन्छ । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ । कम्पनीले पाउने सबै पुँजी स्रोतमा उसले तिर्न पर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् ।

Meta Holidays
Crest

केही वर्षदेखि सबैभन्दा धेरै बोनस दिदै आएको नेपाल लाइफलाई यसपटक भने एशियन लाइफले चुनौती दिएको हो, नेपाल लाइफले यसवर्षपनि अघिकत्तम ८२ प्रतिशत बोनस दर तोकोको छ । कम्पनीले न्युनत्तम भने ६२ बोनस दर दिएको छ । अर्को तर्फ एशियन लाइफ इन्स्योरेन्सले अघिकत्तम ८५ प्रतिशत बोनस दर तोकोको छ भने न्युनत्तम  ४१ बोनस दर दिएको छ । अघिकत्तम तर्फ एशियन लाइफ इन्स्योरेन्सले नेपाल लाइफ इन्स्योरेन्सको बोनस दर भन्दा ३ रुपैयाँ बढी बोनस दर दिए पनि न्युनत्तममा भने एशियन लाइफ इन्स्योरेन्सको बोनस दर नेपाल लाइफको भन्दा २४ रुपैयाँले कम छ ।

एशियन लाइफ इन्स्योरेन्स

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ जसले बिमा बजारमा नया तरंग ल्याएको छ । कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ४१ देखि ८५ रुपैयाँसम्म नयाँ बोनस दर घोषणा गरेको हो ।

कम्पनीको सावधिक तथा आजीवन बीमा न्यतम ५० देखि ८५ रुपैयाँसम्म निर्धारण गरिएको छ । यस्तै बालबच्चाको सावधिक जीवन बीमा ४१ देखि ७४ सम्म र सावधिक पनि ४१ देखि ७४ रुपैयाँ निर्धारण गरिएको छ ।

अगिम भुक्तानी अन्तर्गत १० देखि २५ वर्षसम्म न्युनतम ४३ देखि ७८ रुपैयाँसम्म बोनस पाइने कम्पनीले जनाएको छ । नियामक बीमा समितिले स्वीकृत गरेपछि नयाँ बोनस दर सार्वजनिक गरिएको एसियनले जनाएको छ । गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा दर दायित्व मूल्याँकन बीमांकीय प्रतिवेदन समितिले स्वीकृत गरेको छ। आज सम्म नेपाल लाइफ इन्स्योरेन्सले ८२ रुपया बोनस दरलाई सबैभन्दा धेरै बोनस दिदै आएको दाबी गरे पनि अब सर्बाधिक बोनस दिने कम्पनी भनेर बिज्ञापन गर्ने अधिकार नेपाल लाइफ इन्स्योरेन्ससग नरहेको बिमा समिति सम्बद्ध श्रोतले जानकारी दिएको छ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि. बीमा ऐन २०४९ अर्न्तर्गत बीमा समितिबाट २०६४ फागुन १५ गते बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी २०६४ चैत्र २१ गतेदेखि संचालनमा जिबन बिमा कम्पनी हो ।

एशियन लाईफ इन्स्योरेन्सले १६ वटा जीवन बिमा योजनाहरु संचालनमा ल्याएको छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा पुरयाउँदै आएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

केही वर्षदेखि सबैभन्दा धेरै बोनस दिदै आएको नेपाल लाइफलाई यसपटक भने एशियन लाइफले चुनौती दिएको हो । नेपाल लाइफले यसवर्षपनि अघिकत्तम ८२ प्रतिशत बोनस दर तोकोको छ । कम्पनीले न्युनत्तम भने ६२ बोनस दर दिएको छ ।

कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत २०५८/०१/२१ मा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको यस नेपाल लाईफ नेपाली लगानीकर्ताहरू द्वारा स्थापना गरिएको नेपालकै प्रथम अग्रणी जिवन बीमा कम्पनी हो। नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको सोह्र वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ। तर नेपाल लाईफ को आफ्नो साख जोगाई राख्न अब ठुलो कसरत गर्नु पर्ने दखिन्छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS