IME Life

नाडेप लघुवित्तको चार करोड ८० लाखको आइपिओ आउदै, कस्तो छ पछिल्लो बित्तिय अवस्था..?

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नाडेपलाई धितोपत्र बोर्डले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने अनुमति दिएको छ ।

लघुवित्तमा नबिल बैंक, विकास आयोजना सेवा केन्द्र र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको लगानी रहेको छ । वि. सं. २०७० माघ १५ गते स्थापना भएको लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ ।

Crest

धादिङको गजुरीमा प्रधान कार्यालय रहेको कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तले चालु आर्थिक बर्ष (४०७४/०७५) को तेश्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, कम्पनीको चालु आर्थिक बर्षको कमाईलाई सन्तोषजनक नै मान्नु पर्छ, तर गत वर्ष सोहि अबधिको तुलना गर्दा कम्पनी को मुनाफा करिब २ करोड २० लाख ले घटेको छ । ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १५ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्कृय कर्जा २.२० प्रतिशत रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको अन्त्य सम्म मुनाफामा सुधार गर्न सक्ने सम्भावना जिवितै रहेको हुदा कम्पनीको लगानी सुरक्षित र फलदायी हुनसक्ने दखिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS