शाखाविस्तार अभियानलाई तिब्रता दिदै: प्रभु लाइफ इन्स्योरेन्स, नयाँ शाखा कास्कीको लेखनाथमा

Citizen Life Insurance Co
इन्स्योरेन्स खबर/पोखरा: प्रभु लाइफ इन्स्योरेन्सको शाखा कास्कीको लेखनाथमा प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो शाखा बिस्तारमा तिब्रता दिएको छ। प्रभु लाइफ इन्स्योन्स्योरेन्सले कास्कीको लेखनाथमा नयाँ शाखा संचालनमा गरेको छ । केही समय अगाडी कम्पनीले पोखरामा क्षेत्रिय शाखा खोलिसकेको छ।
कम्पनीले बिहिबार एक कार्यक्रम गरि नयाँ शाखा बिस्तार गरेको हो ।शाखा उदघाटन साग्रिला बिकास बैंकका अध्यक्ष डा. रविन्द्र श्रेष्ठले गरेका हुन् । कम्पनीमा साग्रिला बिकास बैंकको समेत लगानी रहेको छ । प्रभु लाइफ इन्स्योरेन्स नेपालको इमर्जिङ समूह, प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको नेपालको कान्छो जिबन बिमा कम्पनी हो ।
 
कम्पनीले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ । चुक्ता पुजी २ अर्ब रुपैया रहेको कम्पनीमा सस्थापक शेयरधनिले १ अब ४० करोड लागानी गरेका छ्न भने छिट्टै करिब ६० करोड बराबरको साधारण शेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार