IME Life

सिद्धार्थ बैंकलाई अर्को सफलता, विश्वविख्यात मास्टरकार्डको मुख्य सदस्यमा नियुक्त

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् ।

बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य सदस्यता सम्बन्धी सम्झौता आदान प्रदान भएको हो । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् ।

Crest
Meta Holidays

यो सदस्यता प्राप्त गरेसंगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुनेछ र ग्राहकहरुले मास्टर कार्ड अन्तर्गतका विभिन्न डेबिट तथा क्रेडिट एवं प्रिपेड कार्डहबाट अझ बढी गुणस्तरीय र प्रभावकारी रुपमा कारोबार गर्न सक्ने बैंकको बिश्वास रहेको छ ।

बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँदैछ । यस पश्चात ग्राहकहरुले बैंकको मास्टर कार्ड र माएस्ट्रो ब्राण्डको कार्ड बैंकको पीओएस टर्मिनलमामा र मास्टर कार्ड, माएस्ट्रो र साईरस ब्राण्डको कार्डहरु बैंकको एटीएमहरुमा प्रयोग गर्न सकिनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x