IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेशनको खुद नाफा शत प्रतिशतले वृद्धि, जीवन बीमा कोषमा साढे ४० अर्व

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इस्योरेन्स खवर/काठमाडौंः लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७४÷७५ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको मौज्दात, आम्दानी तथा तरलताको अवस्था सन्तोषजनक रहेको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा खुद नाफा करिव १० करोड कमाएको छ । साथै जीवन बीमा कोषमा ४० अर्व ५८ करोड रुपैयाँ राखेको छ ।

कम्पनीले अगामी अवधिभित्र आफ्नो ग्राहकलाई अझ् बढि सेवा प्रदान गर्ने उद्देश्यले देशका विभिन्न स्थानहरुमा शाखा विस्तार गर्ने तथा आफ्ना अभिकर्ताहरु प्रशिक्षित गर्दै व्यवसाय वृद्धि गर्ने लक्ष्य लिएको छ ।

Crest

खुद मुनाफा

सार्वजनिक विवरण अनुसार कम्पनीले यो अवधिमा ९ करोड ९८ लाख रुपैयाँ भन्दाबढि खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ करोड ९८ लाख रुपैयाँ भन्दाबढि खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा खुद नाफा शत प्रतिशतले वृद्धि भएको हो ।

चुक्ता पुँजी तथा कोष

एक अर्ब ६ करोडबाट बढाएर एक अर्व ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पँजी पुर्याएको यस कम्पनीको जगेडा तथा कोषमा ३६ करोड १२ लाख रुपैयाँ राखेको छ । त्यस्तै जीवन बीमा कोष अन्तर्गत ४० अर्व ५८ करोड ४९ लाख रुपैयाँभन्दा बढि सञ्चित गरेको देखिन्छ ।

बीमा शुल्क आर्जन

समिक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क ६ अर्ब ९५ करोड ३६ लाख रुपैयाँभन्दा बढि आर्जन गरेको यस कम्पनीको कुल बीमा शुल्क आर्जन भने ६ अर्व ९९ करोड २० रुपैयाँ रहेको छ । हालसम्म कम्पनीले ७ लाख ७ हजार १ सय ८७ बीमालेख जारी गरेको छ ।

दाबी भुक्तानी रकम

कुल दाबी भु्क्तानी रकम १ अर्व ६६ करोड ६८ लाख रुपैयाँ रहेको यस कम्पनीको भुक्तान हुन बाँकी रकम ३ करोड १७ लाख रुपैयाँ देखिएको छ ।

वित्तीय अनुपातहरुः

कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४८ पैसा, प्रतिशयेर नेटवर्थ १ सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर कुल सम्पत्तिको मुल्य ३ हजार ३ सय १२ रुपैयाँ छ । मुल्य आम्दानी अनुपात २ सय १३ गुणा भएको यस कम्पनीको तरलता भने छैन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS