IME Life

आईपीओ निष्कासनको क्रममा रहेका ८ बीमा कम्पनीको यस्तो छ वित्तीय अवस्था !

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: पछिल्लो पटक व्यवसाय सञ्चालनको अनुमति प्राप्त गरेका नौ जीवन बीमा कम्पनी मध्ये आठ बीमा कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण पस्केका छन् ।

पछिल्लो पटक सञ्चालनको अनुमति पाएको नौ कम्पनीमध्ये आईएमई लाईफ इन्स्योरेन्सले भने हालसम्म वित्तीय विवरण प्रकाशित गरेको छैन् । सार्वजानिक विवरण अनुसार ज्योती लाईफ इन्स्योरेन्स बाहेक अन्य सबै कम्पनीको नाफा बढेको छ ।

Crest
चैत मसान्तसम्मको वित्तीय विवरणमा आधारित (खुद मुनाफा)

सर्बाधिक नाफा कमाउनेमा सन नेपाल लाईफ

चालू आर्थिक वर्षको तेश्रो त्रैमासिक अवधिमा सबैभन्दा बढी सन नेपाल लाईफले नाफा कमाएको छ । यो अवधिमा कम्पनीले ११ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो त्रैमासमा ८ करोड १० लाख नाफा कमाएको कम्पनीले यो अवधिमा नाफा ४३ दशमलव ७० प्रतिशतले बढाएको हो । एक अर्व ४० रुपैयाँ चुक्ता पुँजी रहेको सन नेपाल लाइफले ५ हजार ५५२ बीमालेखबाट १७ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

नाफा बढाउनेमा रिलायन्स अगाडि

यो अवधिमा रिलायन्स लाइफले सर्वाधिक नाफा बढाएको छ । अघिल्लो त्रैमासमा ६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यो अवधिमा नाफा ९१ दशमलव ३३ प्रतिशतले बढाएर १० करोड ६० लाख पुर्याएको छ । १ अर्ब ४७ करोड चुक्तापूँजी रहेको कम्पनीले २० करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन छ ।

ज्योती लाईफको नाफा घट्यो

चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा ज्योति लाइफ इन्स्योरेन्सको नाफा घटेको छ । पुस मसान्तमा ८ करोड २ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यो त्रैमासमा भने नाफा एक करोड ५६ लाखले घटाएर ६ करोड ४६ लाख रुपैयाँमा खुम्चाएको छ ।

जीवन बीमा ब्यबसायको लागि शाखा विस्तार, व्यवस्थापन खर्च तथा संचालन खर्च बढेको कारण कम्पनीको मुनाफामा संकुचन आएको देखिन्छ । ज्योति लाइफ इन्स्योरेन्सले यो अवधिमा ६ महिनामा २ हजार ८३३ वटा बीमा लेख जारी गरी ११ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज ८ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय शुरु गरेको ज्योतीको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ तथा जगेडा कोषमा ७ करोड ४२ लाख रुपैयाँ र जीवन बीमा कोषमा ९ करोड ८० लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको वित्तीय विवरणमा आधारित (बीमाशुल्क आर्जन)

बीमा शुल्क आर्जनमा युनियन लाईफको अग्रता

सञ्चालनमा आएको छ महिनाको अवधिमा युनियन लाईफ इन्स्योरेन्सले राम्रो व्यवसायिक सफलता प्राप्त गरेको छ । कम्पनीले चैत मसान्तसम्म ३९ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो त्रैमास पुसमसान्तसम्मको तुलनामा ९१ प्रतिशतले बढी हो । पुस मसान्तसम्ममा कम्पनीले २० करोड ४५ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको थियो ।

यो अवधिमा नाफा ४२ प्रतिशतले बढाएर ७ करोड ८० लाख रुपैयाँ पुर्याएको कम्पनीले ४८ करोड ६८ लाख ७२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
पछिल्लो तीन महिनामा मात्रै कम्पनीले २२ हजार ६ सय ६७ बीमा लेखबाट २३ करोड २५ लाख ४६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । हालसम्म ४४ हजार ३६५ बीमालेख जारी गरेको कम्पनीले ४ बीमालेखको ४५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

सानिमा लाईफको बीमाशुल्क आर्जन १५ गुणाले वृद्धि

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले अघिल्लो त्रैमासको तुलनामा यो त्रैमासमा बीमा शुल्क आर्जन १५ गुणाले बढाएको छ । यो त्रैमासमा कम्पनीले २ करोड ४६ लाख ५५ हजार ८ सय ५३ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो त्रैमासमा २५ बीमालेखबाट १६ लाख ३२ हजार ५ सय ४५ रुपैयाँ बीमा शुल्क आर्जन गरेको सानिमा लाईफले यो अवधिमा ६५९ बीमालेखबाट उक्त रकमको बीमा शुल्क आर्जन गरेको हो । पछिल्लो तीन महिनामा मात्रै कम्पनीले ६ सय ३४ बीमालेखको २ करोड ३० लाखभन्दा बढीको बीमा शुल्क आर्जन गरेको हो ।

मङ्सिर २२ गतेदेखि कारोबार सञ्चालनमा आएको सानिमा लाइफ इन्स्योरेन्सले बीमा समितिबाट असोज ७ गते लाइसेन्स प्राप्त गरेको थियो ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ निकट भविष्यमा सर्वसाधारणमा सेयर बिक्री गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS