IME Life

लुम्विनी जनरल इन्स्योरेन्सको खुद नाफा १४ करोड

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खवर/काठमाडौं: लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीले चैत मसान्तसम्ममा १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलानामा ३३ प्रतिशतले वृद्धि हो ।

कम्पनीले गतवर्षको सोही अवधिमा ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ८८ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको यस कम्पनीले जगेडा तथा कोषमा १० करोड ७३ लाख, बीमा कोष अन्तर्गत ३९ करोड ८४ लाख रुपैयाँ राखेको छ । त्यस्तै महा–विपत्ती कोषमा ३ करोड ५० लाख रुपैयाँ सञ्चित गरेको छ ।

Crest

तेस्रो त्रैमासिक अवधिमा कम्पनीले ५४ करोड ९७ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीको कुल बीमा शुल्क आर्जन भने ८८ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
९३ हजार १ सय ९० जारी बीमालेख जारी गरेको कम्पनीको नविकरण गरिएको बीमालेखको संख्या १३ हजार ४ सय ५७ रहेको छ । कम्पनीको कुल दावी भक्तानी रकम ३९ करोड ८४ लाख रुपैयाँ छ भने भुक्तानी हुन बाँकी दावी रकम भने ४५ करोड १९ रुपैयाँ देखिएका छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ६१ रुपैयाँ ४५ पैसा, पि.ई. अनुपात २४ दशमलव ६२ गुणा, प्रतिसेयर कुल आम्दानीको सम्पत्तिको मुल्य २ सय ७० रुपैयाँ ३४ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अवधिमा कम्पनीको मौज्दात, आम्दानी व्यवस्थापनले अनुमान गरे अनुरुप नै सन्तोषजनक रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा बीमा बजारको धरातल र जोखिमको विश्लेषण, विविधिकरण, गुणस्तरीय व्यवसायको अभिवृद्धि गरि छिटो, छरितो रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्ने नीतिहरुलाई निरन्तरता दिने रणनीति बनाएको स्पष्ट पारेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS