गुराँस लाइफ र बैंक अफ काठमाण्डूबीच बैंकासुरेन्स सम्झौता

Citizen Life Insurance Co

इन्स्योरेन्स खवर/काठमाडौंः गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा अनुसार बैंकका सम्पूर्ण ग्राहकले बैंकका ७९ शाखाहरुबाट जीवन बीमा सुलभ र सहज रुपले प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी क्षेत्रीले र बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने हस्ताक्षर गरेका छन् ।

जीवन बीमा कम्पनी गुराँस लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोडभन्दा बढी नाफा कमाएको छ । ५९ करोड चुक्ता पूँजी रहेको यस कम्पनीले यो अवधिमा कम्पनीले खुद बीमा शुल्क गतआर्थिक वर्षको चैतमसान्तको तुलनामा १८ करोडले बढाएर ८८ करोड पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार