बीमा जगतमा नयाँ तरङ : शिखर इन्स्योरेन्सले ल्यायो १००० बढि रोगको उपचार बीमा

Citizen Life Insurance Co

इन्स्यारेन्स खवर/काठमाडौंः शिखर इन्स्योरेन्स कम्पनीले एक हजार भन्दा बढि रोगको उपचार हुने गरि स्वास्थ्य बीमा योजना ल्याएको छ । जटिल रोग तथा मंहगो उपचारलाई सहज र सर्वसुलभ खर्चमा उपचार गराउने उद्देश्य सहित सर्वसाधरणका लागि उक्त योजना ल्याएको हो ।

योजनामा बीमा जगतमा तरङ्ग ल्याउने गरि हालसम्म ल्याइएको योजना मध्ये यो सर्वाधिक ठुलो तथा धेरै रोगलाई समेटिएको छ ।

कम्पनीले पारिवारिक बीमामा आफ्नो परिवारलाई समेत समेटि न्युनतम २ लाखदेखि २० लाखसम्म र सामुहिक बीमा अन्तर्गत न्युनतम १५ जनासम्म ५० हजारदेखि १० लाखसम्मको स्वास्थ्य बीमा योजना ल्याएको हो ।

उक्त योजना मार्फत नगद रहित उपचार, विना झन्झट शतप्रतिशत भुत्तानी र सहजै दाबी गर्न सकिनुका साथै नेपाल र भारतका गरी ६ हजार बढी अस्पतालमा नगद रहित उपचार हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार