IME Life

सन नेपाल लाइफ इन्स्योरेन्स खुद नाफा साढे ११ करोड

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खवर/काठमाडौं:सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को तेस्रो त्रैमासिक वित्तीय परिणाम सार्वजनिक गरेको छ ।

सार्वजानिक वित्तीय परिणाम अनुसार यस कम्पनीले पछिल्लो त्रैमासिक अवधिमा ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो अवधिमा कम्पनीले ८ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । जुन अघिल्लो त्रैमासको तुलनामा ४३ दशमलव ७० प्रतिशतले बढी हो ।

Crest
Meta Holidays

एक अर्व ४० रुपैयाँ चुक्ता पुँजी रहेको सन नेपाल लाइफले जगेडा तथा कोषमा १२ करोेड ३३ लाख रुपैया र जीवन बीमा कोष अन्तर्गत ८ करोड ५ लाख रुपैया सञ्चित गरेको छ ।

कम्पनीमा हालसम्मको कुल कायम बीमालेखको संख्या ५ हजार ५ सय ५२ रहेको छ । यस कम्पनीको तेस्रो त्रैमासिक अवधिसम्म खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन १७ करोड १३ मात्र देखिएको छ ।

कम्पनीमा हालसम्म कुनैपनि किसिमको दाबी भने परेको छैन् ।

असोज ६ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा भने अनुज कायल रहेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x