IME Life

एशियन लाईफको साधारण शेयर लिलामीमा

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खवर/काठमाडौं: एशियन लाईफ इन्स्योरेन्सले शिलबन्दी बोलपत्रद्वारा सर्वसाधारण समूहको ९८ हजार २ सय ४६ दशमलव २० कित्ता शेयर लिलामीमा बिक्री हुने भएको छ ।

जेठ १० गतेदेखि विक्री हुने सो कित्ताको लागि शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ १७ गते रहेको छ ।

Crest
Meta Holidays

यसअघि बीमा कम्पनीले हकप्रद शेयरको लागि २०७४ फागुन १३–२०७५ वैशाख ३ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेको थियो । सो अवधिमा उक्त कित्ताको लागि आवेदन नपरेकाले कम्पनीले सर्वसाधारण तर्फको शेयर लिलामीमा बिक्री गर्न लागेको जनाएको छ ।

बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थानहरु भने श्री एनआइविएल एस क्यापिटल लि. लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरवार काठमाडौं त्यसैगरि श्री नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड शाखा कार्यालयरु क्रमशः सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी रहेको छ ।

बोलपत्र आवदेन फारामका लागि १०० रुपैया भुक्तानी गर्नुपर्ने छ । शेयरको न्युनतम मुल्य प्रतिशेयर रु १०० तोकिएकको हुँदा सो वा सोभन्दा बढि मुल्य अंकित गर्नुपर्ने, न्युनतम १०० कित्ताको लागि आवेदन दिनुपर्ने र शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x