IME Life

राष्ट्रिय बीमा कम्पनीको नाफा ७६ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी १ सय ७३ रुपैयाँ

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्योरेन्स खवर/काठमाडौं: राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा बीमाशुल्क आम्दानी, लगानी एवं जगेडा कोष सन्तोषजनक प्रगति गरेको छ ।

कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ४६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गतआर्थिक वर्षको सोही अवधिमा २६ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको थियो ।गत वर्षको तुलनामा ७६ दशमलव ५४ प्रतिशतले वृद्धि हो ।

Crest

कम्पनीको हालसम्मको व्यवसायिक तथा वित्तीय स्थिति व्यवस्थापनले प्रक्षेपण गरे अनुरुप नै भइरहेको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँभन्दा बढि रहेको यस कम्पनीको जगेडा तथा कोषमा २ अर्व २ करोड ५८ लाख र बीमा कोष अन्तर्गत १ अर्व ३० करोड ७४ लाख रुपैयाँ भन्दा बढि रकम राखेको छ ।

समिक्षा अवधिमा खुद बीमा शुल्क १७ करोड ९५ लाख रुपैयाँ भन्दा बढि आर्जन गरेको यस कम्पनीको कुल बीमा शुल्क भने ७६ करोड ९० लाख रहेको छ । जारी बीमालेख संख्या ११ हजार ९ सयमध्ये नविकरण गरिएको बीमालेखको संख्या भने ३ हजार ३ सय ९६ रहेको विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै कुल दावी भुक्तानी रकम ५ करोड ७० लाख रुपैयाँ भन्दा कही बढि रहेको यस कम्पनीको कुल दावी भुक्तानी संख्या भने २ सय ४४ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १ सय ७३ रुपैयाँ ०१ पैसा, प्रतिशेयर नेटवर्थ ८ सय ४९ रुपैयाँ ७७ पैसा,मुल्य आम्दानी अनुपात ६५ रुपैया र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १ हजार ३ सय ५० रुपैयाँ रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS