SKIP THIS

Sun Securities
IME Life

‘बीमामा बैंकिङ प्रणालीको इतिहास नदोहोरियोस्’

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खवर/काठमाडौं: अर्थमन्त्री डा युवराज खतिवडाले बीमा क्षेत्रमा पछिल्लो समय प्रतिष्पर्धा बढेर गएको बताएका छन् । बीमा समितिको ५० औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले पछिल्लो समय बीमा कम्पनीहरुमा भएको संख्यात्मक वृद्धिसँगै बीमा क्षेत्र पनि प्रतिष्पर्धी भएका उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै संस्था आउँदा सेवा गहन र प्रभावकारी नहुने भन्दै यसतर्फ कम्पनीहरुलाई सचेत गराए । धेरै सस्था आउँदैमा बीमा सेवा गाउँ-गाउँसम्म नपुग्ने उनको भनाई छ । बैंकिङ प्रणालीको उदाहरण दिंदै उनले भने, ‘धेरै सस्था आउँदैमा सबैले सेवा पाउँछन भन्ने छैन् । बैंकिङ सेक्टरको लाईसेन्स बाँडेपछि हामीले देखेका छौं ।’ उनले थपे, ‘बीमामा बैंकिङ प्रणालीको इतिहास नदोहोरियोस् ।’

Crest
Meta Holidays

उनले बीमा कम्पनीहरु केन्द्रिकृत भएर एकै ठाउँमा भिडभाड गर्नुभन्दा पनि गाउँ-गाउँसम्म पुग्न कम्पनीहरुलाई सुझाए । संख्या थप गरेसँगै कम्पनीहरुको सेवा प्रवाह पनि विकेन्द्रिकृत हुनुपर्ने भन्दै उनले त्यसो नभए अन्ततगोत्व मर्ज गर्नुपर्ने अवस्था आउने उनले बताए ।

नयाँ बीमा कम्पनीहरुलाई लक्ष्यित गर्दै अर्थमन्त्री खतिवडाले प्रभावकारी तरिकाले काम गर्न र बीमा व्यवसायमा अझै अवसर छ भन्ने कुराको औचित्य पुष्टि गर्न चुनौती समेत दिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x