IME Life

केवाइसीका कारण सेयर बजार प्रभावित, जम्माजम्मी १४ करोडको कारोबार

SPIL
Sanima Reliance

इन्स्योरेन्स खवर/काठमाडौं: नेपाल धितोपत्र बोर्डले केवाइसीमा कडाई गरेसँगै त्यसका प्रभाव सेयर बजारमा देखिएको छ । बोर्डले दुई सात अगाडि नै बैशाख मसान्तभित्र केवाइसी अद्याविधक गर्न निर्देशन दिएको थियो ।

बोर्डको निर्देशन अनुसार नै केवाईसी अपडेट नगर्ने लगानीकर्ताले (जेठ १) आजदेखि सेयर कारोबारमा रोक लगाएको हो ।
सेयरमा कालोधनको आशंका गर्दै आएको धितोपत्र बोर्डले शेयर बजारमा कालोधन तथा अन्य गैरकानूनी सम्पत्ति नभित्र्याउने उद्देश्यले केवाइसीमा नयाँ मापदण्ड तय गरेको थियो ।

Crest
Meta Holidays

केवाइसी अपडेटका लागि बैशाख मसान्तसम्मको समय सीमा तोक्दै त्यसपछि भने सेयर कारोबार गर्न नपाउने कडा निर्देशन जारी गरेको थियो ।

हालसम्म केवाइसी अपडेट नगराएका वा छुटेका लगानीकर्ताहरुको हकमा भने ब्रोकरमा गएर पहिला आफ्नो केवाइसी अपडेट गराउनुपर्ने र त्यसपछि मात्र कारोबारमा सहभागी हुन सकिने धितोपत्र बोर्ड जनाएको छ ।

केवाईसीमा भएको कडाईका कारण मंगलबार सेयर बजार प्रभावित भएको छ । मंगलबार १४३ कम्पनीको १४ करोड ९२ लाख ३९ हजार ९ सय ५५ रुपैयाँको सेयर किनबेच भएको छ ।

आज नेप्से सुचक ४ दशमलव ३२ अंकले घटेर १ हजार ३ सय ३३ दशमलव ८५ अंकले घटेको छ । कारोबारमा आएका अधिकांश समूहमा गिरावट आएपछि मंगलबार बजार परिसुचक ओरालो लागेको हो ।

यसदिन कारोबारमा आएका दश समूहमध्ये ट्रेडिङ, उत्पादन तथा प्रशोधन बाहेकका सबै समूहमा गिरावट आएको छ । जसमध्ये होटल समूह ३२ दशमलव ९५ अंकले, जलविद्युत समूह १३ दशमलव १४ अंकले, विकास बैंक १० दशमलव ९६ अंकले, बीमा समूह १२ दशमलव ७६ अंकले, लघुवित्त समूह ५ दशमलव ६२ अंकले, बैंकिङ समूह ४ दशमलव २८ अंकले, फाइनान्स समूह १ दशमलव ३३ अंकले र अन्य समूह शुन्य दशमलव ५३ अंकले घटेका छन् ।

त्यस्तै ट्रेडिङ समूह ५ दशमलव ४९ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन समूह २८ दशमलव १६ अंकले बढेका छन् ।

त्यसैगरी आजको कारोबारमा सबैभन्दा बढी हिमालयन डिस्टीलरीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेको छ । त्यसैगरी जनउत्थान सामुदायिक लघुवित्त विकास बैकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य ४ दशमलव ९१ प्रतिशतले घटेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x