IME Life

केही समय पहिले मात्रै एफपीओ बिक्री गरेको प्रिमियर इन्स्योरेन्सको यस्तो देखियो नौ महिने प्रगती

SPIL
Sanima Reliance

इन्योरेन्स खवर/काठमाडौं: प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरण सार्वजानिक गरेको छ । यो अवधिमा यस कम्पनीले १३ करोड ३५ लाख रुपैया भन्दा बढि खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ५७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड ३० लाख भन्दा बढि खुद नाफा कमाएको थियो ।

५८ करोड ४० लाख चुक्ता पुँजी पुर्याएको यस कम्पनीले जगेडा कोषमा ७० करोड ४५ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै कम्पनीले बीमा कोष अन्तर्गत ४३ करोड ४२ लाख रुपैयाँ र महाविपत्ति जगेडामा ३ करोड ९४ लाख रुपैयाँ भन्दा बढि रकम राखेको छ ।

Crest
Meta Holidays

तेश्रो त्रैमासको अवधिसम्म कम्पनीले कुल १ अर्व १३ करोड ६४ लाख रुपैया भन्दाबढि बीमा शुल्क आर्जन गरेको यस कम्पनीले ६२ करोड १४ लाख रुपैयाँ भन्दा बढि खुद बीमा शुल्क आर्जन गरेको विवरणमा उल्लेख गरिएको छ ।

समिक्षा अवधिमा वित्तीय स्थिति तथा व्यवसाय लक्ष्य अनुरुप सन्तोषजनक रहेको यस कम्पनीको कुल बीमा शुल्क गत वर्षको सोही अवधिमाको तुलानामा १२ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, कुल १ लाख ४६ हजार ६ सय ३२ जारी बीमालेखको संख्यामध्ये नविकरण गरिएको बीमालेख संख्या भने ८ सय ६५ मात्र रहेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम १ अर्व १ करोड ५६ लाख रुपैयाँ भन्दा बढि र भुक्तानी हुन बाँकी रकम १ अर्व ८ करोड ६ लाख रुपैयाँ भन्दा बढि देखिएको छ । सोही अनुसार कुल दावी भुक्तानी संख्या ३ हजार ७ सय ८० र भुक्तान हुन बाँकी संख्या ३ हजार ८ सय २० रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ३० रुपैयाँ ४९ पैसा, प्रतिसेयर नेटवर्थ ३ सय १ रुपैयाँ ७६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मुल्य ५ सय ५२ रुपैया ८५ पैसा र मुल्य आम्दानीको अनुपात ४५ रुपैयाँ २३ पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x