IME Life

बीमा कम्पनीमा सेयर लगानी : १३ निर्जीवन बीमा कम्पनीमा कसको मुनाफा कति !

SPIL
Sanima Reliance

इन्योरेन्स खवर/काठमाडौंः ‘पूँजी बजारको लगानी निकै जोखिमपूर्ण हुन्छ, जोखिम उठाउन सक्नेले मात्रै लगानी गर्नुपर्छ ।’ यो भनाई केही समय अगाडि एउटा सार्वजानिक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाको हो । सेयर बजारमा देखिने उतारचढावले यो भनाईलाई पुष्टि पनि गर्छ ।

पछिल्लो समय नेपाली शेयर बजारमा निकै उतारचढाव देखिएको छ । शेयर बजारमा बुझेर लगानी गरेको खण्डमा बढ्दा मात्रै नभई घट्दा पनि नाफा कमाउन सकिन्छ । यद्यपी सेयरमा खरिद गर्दा कुन कम्पनीको किन्ने र केका आधारमा कम्पनी छनोट गर्ने धेरै लगानीकर्तामा हुने गर्दछ र यो स्वभाविक पनि हो ।

Crest
Meta Holidays

सेयर बजारमा अझैपनि कतिपय लगानीकर्ता हल्ला र सल्लाहका भरमा मात्रै लगानी गर्ने गर्नुहुन्छ । जसले दुर्घटना पनि निम्त्याउन सक्छ । यस्तैमा आज हामीले लगानीकर्ताको निकै रोजाइमा पर्ने र विशेष गरी सर्ट टर्म लगानी गर्ने लगानीकर्ताको रोजाइमा पर्ने निर्जीवन बीमा कम्पनीको पछिल्लो त्रैमासको खुद मुनाफा कस्तो रहेछ केलाउने प्रयास गरेका छौं ।

सर्वाधिक नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी

वित्तीय विवरण पस्केका १३ निर्जीवन बीमा कम्पनी मध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ४६ करोड १३ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको यसै त्रैमासको तुलनामा ७६ दशमलव ५४ प्रतिशतले बढी हो । गतवर्षको सो अवधिमा कम्पनीले २६ करोड १३ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

१७३ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको राष्ट्रिय बीमा कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले ३ आर्थिक वर्षहरु २०६०/०६१, २०६१/०६२ र ०६२/०६३ को साधारण सभाबाट एकमुष्ठ रुपमा १ सय १४ प्रतिशत हाराहारीमा बोनस बितरण गरेको थियो । त्यस्तै कम्पनीले २०६८/६९ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पनि अघि सारेको छ । भने असार मसान्तसम्म १ अर्ब पूँजी पुर्याउन शत प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै यो अवधिमा एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा कम ३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । हकप्रद निष्कासनमा निकै विवादित बनेको यो कम्पनीको मुनाफा गतवर्षको यसैअवधिको भन्दा ४३ दशमलव ७३ प्रतिशतले बढी हो ।

सर्वाधिक नाफा बढाउनेमा युनाईटेड इन्स्योरेन्स

निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी युनाइटेड इन्स्योरेन्स कम्पनीले यो अवधिमा सबैभन्दा बढी नाफा बढाएको छ । गतवर्षको तेश्रो त्रैमासमा ४ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको यो कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड १९ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गतवर्षको तुलनामा १०३ दशमलव ७५ प्रतिशतले बढी हो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x