IME Life

नेको इन्स्योरेन्सको नाफामा ६३ प्रतिशतको वृद्धि हुँदा प्रतिसेयर आम्दानीमा ४८ प्रतिशतको ह्रास

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः नेको इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेश्रो त्रैमासिक विवरण पस्केको छ । विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको सो अवधिको तुलनामा नाफा ६३ दशमलव ३२ प्रतिशतले बढाएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको पनिले चालू आर्थिक वर्षको चैत मसान्त्सम्म नाफा ८ करोड १५ लाख रुपैयाँले बढाएर २१ करोड ३ लाख रुपैयाँ पुर्याएको छ ।

Crest

७८ करोड ४१ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले जगेडा तथा कोषमा ३० करोड १६ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ३८ करोड ९५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ लाख ५१ हजार रुपैयाँ छुट्याएको छ ।

समिक्षा अवधिमा कम्पनीले ७२ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको देखिन्छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले ५८ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यसैगरी खुद दाबी भुक्तानी भन २८ करोड ४५ लाख रुपैयाँ देखिन्छ ।

हालसम्म कम्पनीले १ लाख ९७ हजार १५१ बीमालेखबाट १ अर्ब २२ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी २ हजार ९ सय ४१ बीमालेखको ४७ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।

कम्पनीले प्रकाशित गरेको विवरण अनुसार कम्पनीले ३५ करोड ३२ लाख रुपैयाँ बराबरको १ हजार ३ सय २ बीमालेखको दाबी भुक्तान गर्न बाँकी रहेको देखिन्छ । भने २४ हजार ४ सय ४२ बीमालेख नविकरण भएका छैनन् ।

चुक्तापूँजी १४२ प्रतिशतले बढाएको नेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ७७ पैसा कायम भएको छ । जुन गत आर्थिक वर्षको सो अवधिको तुलनामा ४८ प्रतिशतले कमी आएको हो । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ थियो । त्यस्तै पिई रेसियो १५.२९ गुणा, प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ १४ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४ सय ५ रुपैयाँ ७५ पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS