IME Life

सूर्या लाईफ इन्स्योरेन्सको हकप्रद निष्कासन

SPIL
Sanima Reliance

इन्योरेन्स खवर/काठमाडौं:  सुर्या लाईफ इन्स्योरेन्स कम्पनीले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले एक सय अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद सेयरमा वैशाख ४ गतेसम्म कायम सेयरधनीले वैशाख ३१ गतेदेखि असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Crest
Meta Holidays

हकप्रदमा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल साथै सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले बीमा समितिले तोकेको बमोजिम २०७५ सम्ममा २ अर्ब पूँजी पुर्याउनु पर्नेहुन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x