IME Life

आईपिओ निष्कासन गर्ने तयारीमा रहेको सिटिजन लाइफ इस्योरेन्सको मुनाफा साढे ७ करोड

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः चालू आवको तेश्रो त्रैमासमा सिटिजन लाइफ इन्स्योरेन्सले ७ करोड ५५ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो त्रैमासको तुलनामा यो नाफा ४६ दशमलव ७६ प्रतिशतले बढी हो । दोस्रो त्रैमाससम्ममा पाँच करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको सिटिजनले जगेडा कोषमा ८ करोड १० लाख रुपैयाँ राखेको छ । समिक्षा अवधिमा कम्पनीले ४ करोड १९ लाख ८८ हजार रुपैयाँ जीवन बीमा कोषमा सञ्चित गरेको छ ।

Crest

३६ हजार ३ सय २ बीमालेखबाट २१ करोड ५५ लाख ३७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको सिटिजन लाईफले ४ बीमा लेखको २ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । कम्पनीको प्रथम बार्षिक साधारणले कम्पनीले जारी पूँजी दुई अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशतले सर्वसाधारणमा सेयर जारी गर्ने निर्णय गरेको हो ।

२०७४ साल कार्तिक २ गते लक्ष्मी पूजाको दिनदेखि व्यवसायिक कारोबार शुरु गरेको कम्पनीले हाल ३६ शाखाबाट बीमासेवा प्रदान गर्दै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS