IME Life

नौ महिनामा शिखर इन्स्योरेन्स नाफा ३१ करोड, प्रतिसेयर आम्दानी ३९ रुपैयाँ

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः निर्जीवन बीमा कम्पनीहरुको अग्रणी कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक रिपोर्ट सार्वजानिक गरेको छ । यो अवधिमा कम्पनीले ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गतवर्ष यो अवधिमा कम्पनीले नाफा २६ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

१ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी भएको शिखर इन्स्योरेन्सले जगेडा कोषमा १८ करोड २० लाख रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीले बीमाकोषमा ७९ करोड ४ लाख रुपैयाँ सञ्चित गरेको

Crest
Meta Holidays

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ९२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्ल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यो अवधिमा कम्पनीले ८६ करोड १ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

शिखर इन्स्योरेन्सको जारी बीमालेख संख्या २ लाख १५ हजार ६ सय २ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्या ५ हजार ९ सय ५७ वटा रहेको छ ।

शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा, प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ९७ पैसा र मूल्य आम्दानी अनुपात २५.५४ गुणा कायम भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x