IME Life

तेश्रो त्रैमासमा एशियन लाइफको मुनाफा १२ प्रतिशतले बढ्यो, बीमा शुल्क आम्दानी २ अर्ब नजिक

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौंः  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ करोड ३२ लाख खुद मुनाफा आर्जन गरेको छ । जुन गतवर्षको सो अवधिको तुलनामा १२ दशमलव ०९ प्रतिशतले बढी हो । गतवर्षको तेश्रो त्रैमासमा कम्पनीले २ करोड ९६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

८० करोड ५५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले जगेडा कोषमा २२ करोड ३१ लाख रुपैयाँ कायम गरेको छ । जीवन बीमा कोषमा १२ अर्ब ९ करोड रुपैयाँ छुट्र्याएको कम्पनीले महाविपत्ती कोषमा ३ करोड ७२ लाख रुपैयाँ सञ्चित गरेको छ ।

Prabhu
Crest

कम्पनीले समीक्षा अवधिमा खुद बीमा शुल्कबाट १ अर्ब ९१ करोड आर्जन गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६० करोड आर्जन गरेको थियो ।

त्यस्तै हालसम्म कम्पनीले १४ अर्ब ९१ करोड २३ रुपैयाँ कुल बीमा शुल्क आर्जन रकम गरेको छ । यो अवधिमा कम्पनीले ५६ करोड ८७ लाख ३० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ ।
समिक्षा अवधिमा कम्पनीमा बीमा लेखको संख्या भने घटेको देखिन्छ । गतवर्ष यो अवधिमा २ लाख १७ हजार ९ सय ८६ बीमालेख संख्या रहेकोमा हाल र उक्त संख्या घटेर २ लाख ५ हजार ३ सय ४६ मा सीमित भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ७० पैसा, प्रतिसेयर कुल सम्पत्तीको मुल्य १ हजार ६ सय ७५ र मूल्य आम्दानी अनुपात १२७ दशमलव १३ गुणा कायम भएको छ ।

यो पनि हेर्नुहोस्

एशियन लाइफको बोनस सेयर कसरि झर्यो ४ प्रतिशतमा, ६० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS