IME Life

जोशी हाइड्रो ३ लाख ७१ हजार कित्ता आईपीओ जेठ ८ गतेदेखि सेयर निष्कासन हुने

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले ३ लाख ७१ हजार ४ सय कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय इलाम बासीका लागि जेठ ८ गतेदेखि सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मुल्यमा ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । आईपीओमा इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका स्थानियबासिन्दाले आवेदन दिन पाउने भएका छन् । इच्छुक आवेदकले जेठ ८ गतेदेखि छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरमा न्युनतम ५० कित्तादेखि अधिकतम १ हजार ८ सय कित्तासम्म आस्बासदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Crest
Meta Holidays

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई इक्राले ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।

कम्पनीको पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको छ । बिसं २०७१ माघ १ गतेबाट यो आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन भएको नेपाल विद्युत् प्राधिकरण पावर ट्रेड डिपार्टमेन्टमा उल्लेख गरिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x