IME Life

सेयर कारोबार रकम २७ प्रतिशतले बढ्यो

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः यो साता नेपाल स्टक एक्सचेञ्जमा १८१ कम्पनीको २ अर्ब १९ लाख ९९ हजार रुपैयाँको बराबरको ४८ लाख १२ हजार ७७० कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम गतसाताको तुलनामा २७ दशमलव ७६ प्रतिशतले बढी हो । गतसाता नेप्सेमा १७६ कम्पनीको १ अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाको सेयर कारोबार भएको थियो ।

कारोबार रकम गतसाताको तुलनामा वृद्धि भएपनि नेप्से परिसुचक भने झरेको छ । पहिलो दिनको तुलनामा नेप्से सुचक ५ दशमलव १९ अंकले घटेर १ हजार ३ सय ४८ दशमलव ४५ को बिन्दुमा पुगेको छ ।

Crest
Meta Holidays

साताभरको कारोबारमा सबै समूह घटेका छन् । जसमध्ये होटल समूह सबैभन्दा बढी ३९ दशमलव ९१ अंकले घटेको छ । त्यस्तै बीमा समूह १८ दशमलव ४५ अंकले, जलविद्युत समूह १७ दशमलव ९ अंकले, उत्पादन तथा प्रशोधन समूह १७ दशमलव ८ अंकले, विकास बैंक १० दशमलव ०३ अंकले, फाइनान्स समूह ९ दशमलव ०८ अंकले, लघुवित्त ७ दशमलव १८ अंकले, बैंकिङ १ दशमलव ८ अंकले, व्यापार ५ दशमलव ८३ अंकले र अन्य समूह ५ दशमलव ९७ अंकले घटेका छन् ।

त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७९ अंकले घटेर २ सय ८४ दशमलव ५९ को बिन्दुमा पुगेको छ ।

बुटवल पावर कम्पनी सर्वाधिक कारोबार

साताभरको सेयर कारोबारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको १२ करोड ७३ लाख ४० हजार रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै सिभिल बैंकको सबैभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । कम्पनीको ६ लाख ३८ हजार कित्ता सेयर कारोबार भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x