तेश्रो त्रैमासमा रिलायन्स लाइफको नाफा १० करोड नाघ्यो

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौंः चालु आवको तेश्रो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो त्रैमासको तुलनामा ६१ दशमलव ९७ प्रतिशतले बढी हो । अघिल्लो त्रैमास (पुस मसान्तसम्म) मा कम्पनीले ६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

२०७४ सालको मङ्सिर १ गतेदेखि व्यावसायिक कारोबार शुरु भएको यस कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोष १० करोड ६० लाख रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले २ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीको आय २ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीले ५७० बीमालेख कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार