IME Life

आईपिओ जारी गर्ने तयारीमा रहेको प्रभु लाईफको यस्तो छ वित्तीय अवस्था !

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: मंसिरदेखि सञ्चालनमा आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चैत मसान्तसम्ममा ४ करोड ८७ लाख ९३ हजार ९ सय ७८ रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन अघिल्लो त्रैमासको तुलनामा ३१ दशमलव १२ प्रतिशतले बढी हो । पुस मसान्तसम्म कम्पनीले ३ करोड ७२ लाख ११ हजार ५८० रुपैयाँ कमाएको थियो ।

प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

Crest

समिक्षा अवधिमा कम्पनीले जगेडा कोषमा ४ करोड ९० लाख रुपैयाँ छुट्याएको छ । महाविपत्तीकोषमा हालसम्म रकम नराखेको कम्पनीले जीवन बीमा कोषमा २ करोड ३ लाख रुपैयाँ सञ्चित गरेको छ ।

यो अवधिमा कम्पनीले ३ करोड १४ लाख २४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो त्रैमासमा कम्पनीले १ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले बीमा समितिले तोकेको २ अर्ब चुक्ता पूजी पुर्याउनका लागि ६० करोड रुपैयाँ बराबरका ६० लाख कित्ता आइपीओ जारी गर्दैछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS