IME Life

नेशनल लाईफको नाफा २७ प्रतिशतले बढ्यो, अन्य सचूकको अवस्था के छ !

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: चैत मसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा २७ दशमलव १० प्रतिशतले बढी हो । गतवर्षको तेश्रो त्रैमासमा कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

१ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको नेशनल लाईफले जगेडा कोषमा ४३ करोड ८१ लाख ९१ हजार रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीले जीवन बीमा कोषमा २० अर्ब ३९ करोड १० लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ८४ लाख ६३ हजार रुपैयाँ सञ्चित गरेको छ ।

Crest

कम्पनीले हालसम्म ४ अर्ब १५ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरी २ अर्ब २७ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गतवर्षको यसै अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी ३ अर्ब १ करोड ८६ लाख रुपैयाँ रहेको थियो भने कम्पनीले १ अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको कुल बीमालेख संख्या ८ लाख हजार २९ वटा रहेको छ । जसमध्ये ९ हजार ६ सय ३५ बीमालेखको १७ करोड ९१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय २६ रुपैयाँ ५९ ४४ पैसा, पिई रेसियो ७६ दशमलव ३५ गुणा र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १ हजार ४ सय ८० दशमलव ५४ रुपैयाँ रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS