IME Life

नारायाणगढमा सञ्चालन हुँदैछ सेयर तालिम, सेयर किन्न इच्छुकका लागि विशेष फलदायी

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः क्यापिटल प्लसले चितवनमा एक दिन सेयर बजार सम्बन्धी तालिम आयोजना गर्ने भएको छ । यसअघि पनि नारायाणगढ, हेटौंडा, बुटवल र काठमाडौं तालिम सम्पन्न गरिसकेको क्यापिटल प्लसले दोस्रो पटक नारायाणगढमा तालिम सञ्चालन गर्न लागेको हो ।

होटल रेड कार्पेट लायन्स चोक नारायाणगढमा आयोजना हुन लागेको सो तालिम कार्यक्रम वैशाख २९ गते शनिबार विहान १०ः३० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने आयोजकले बताएको छ ।

Crest
Meta Holidays

मोफसलका लगानीकर्तालाई पनि सेयर बजारबारे जानकारी दिने उदेश्यले आयोजना गरिएको हो । कार्यक्रममा ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली, नेशनल मर्चेन्ट मर्चेन्ट बैंंकर्सका ट्रेनिङ एण्ड डेभलपमेन्ट शाखा प्रमुख सन्तोष राज बजगाईँले प्रशिक्षण दिनुहुनेछ ।

यस तालिम कार्यक्रममा सेयर बजारको आधारभूत जानकारी हासिल गर्न महत्वपूर्ण सावित हुने आयोजकको विश्वास छ । कार्यक्रममा सेयर बजारका सैद्धान्तिक र व्यवहारिक पक्षहरु, सेयर बजारमा लगानी कसरी गर्ने, लगानीगर्दा ध्यान दिनुपर्ने कुरा साथै कम्पनीहरुको वासलात, नेपालमा अनलाईन सेयरकारोबारको महत्व लगायतका विषयमा छलफल हुनेछ ।

त्यसैगरी लगानीका लागि राम्रा कम्पनीहरु कसरी छान्ने ? पोर्टफोलियो म्यानेजमेन्ट जोखिम नियन्त्रण लगायत सेयर बजारमा आधार पाटापक्षबारे जानकारी दिने साथै अन्तक्रिया हुने आयोजक क्यापिटल प्लसले बताएको छ ।

कार्यक्रममा सहभागि हुन इच्छुकले क्यापिटल प्लसका सञ्चालक सन्तोष क्षेत्री ९८०१००५०१३९ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x