प्रभु लाइफ इन्स्यारेन्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

इन्स्योरेन्स खबर/काठमाडौंः प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र सांग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबाट सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी, शेयरधनी समुह र ग्राहकहरुले बैंकको जुनसुकै शाखाबाट प्रभु लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पुर्ण सेवा सहज र सरलरुपले प्राप्त गर्ने छन ।

त्यस्तैै बैंकले आफ्ना सबै शाखाहरुबाट बैंकिङ सेवाका अतिरिक्त उक्त लाइफ इस्योरेन्सले प्रदान गर्ने बीमा सम्वन्धी सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार