IME Life

नेपाल पुनर्वीमा कम्पनीको मुनाफा १९५ प्रतिशतले बढ्यो, निर्जीवनतर्फको खुद बीमा शुल्क २३ करोडले कमी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः चैत मसान्तसम्ममा नेपाल पुनर्वीमा कम्पनीको मुनाफा १९५ प्रतिशतले बढेको छ । जीवन र निर्जीवन गरी कम्पनीले यो अवधिमा ५४ करोड ३६ लाख १७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ४९ करोड ४५ लाख ९६ हजार नाफा कमाएको छ भने जीवन बीमा व्यवसायबाट ४ करोड ९० लाख २१ हजार नाफा आर्जन गरेको देखिन्छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले जीवन बीमा व्यवसायबाट २ करोड ४५ हजार र निर्जीवन बीमा व्यवसायबाट १६ करोड ४२ लाख ७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

Crest

जीवन र निर्जीवन व्यवसाय तर्फ ५/५ अर्ब चुक्तापूँजी रहेकको पुनर्वीमा कम्पनीले निर्जीवनतर्फ १ अर्ब ५६ करोड जगेडामा राखेको छ भने जीवन व्यवसाय तर्फ १५ करोड २० लाख रुपैयाँ जगेडा कोषमा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा व्यवसायबाट ७ करोड ३२ लाख ९१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने निर्जीवन बीमा व्यवसायबाट ९३ करोड १० लाख ३ हजार बीमा शुल्क आर्जन गरेको तथ्यांकले देखाउँछ । गतवर्षको सो अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट १ अर्ब १६ करोड ६५ लाख ५१ हजार रुपैयाँ र जीवन बीमाबाट ४ करोड ३९ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यसरी हेर्दा यो अवधिमा निर्जीवन व्यवसायबाट कम्पनीको बीमा शुल्क आम्दानीमा २३ करोडले कमी हो । त्यसैगरी कम्पनीले यो अवधिमा निर्जीवन व्यवसायको पुनर्वीमा कमिशन आय २१ लाखले बढाएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३० करोड २४ लाख १५ हजार रुपैयाँ बराबरको निर्जीवन तर्फ र जीवन तर्फ २ करोड २९ लाख १० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS