आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पतालबीच सम्झौता

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि. बीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बि एण्ड बि अस्पताल प्रा.लि.का तर्फबाट उप निर्देशक डा. निरज लाल बैद्यले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म बि एण्ड बि अस्पाताल प्रा.लि.बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । साथै ग्राहकहरुको स्वास्थ सेवामा सहज पहँुचलाई सुनिश्चित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार