IME Life

सानिमा लाईफको बीमा शुल्क आर्जन १५ गुणाले वृद्धि

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो अघिल्लो त्रैमासको तुलनामा ८८ दशमलव ६० प्रतिशतले बढी हो ।

मङ्सिर २२ गतेदेखि कारोबार सञ्चालनमा आएको सानिमा लाइफ इन्स्योरेन्सको पुस मसान्तसम्ममा ३ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले बीमा समितीबाट असोज ७ गते लाइसेन्स प्राप्त गरेको थियो ।

Crest
Meta Holidays

जीवन बीमा कोष र महाविपत्ती कोषमा रकम नछुट्याएको कम्पनीले समिक्षा अवधिमा २ करोड ४६ लाख ५५ हजार ८ सय ५३ खुद बीमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो त्रैमासमा २५ बीमालेखबाट १६ लाख ३२ हजार ५ सय ४५ रुपैयाँ बीमा शुल्क आर्जन गरेको सानिमा लाईफले यो अवधिमा ६५९ बीमालेखबाट उक्त रकमको बीमा शुल्क आर्जन गरेको हो। बीमा शुल्क आर्जन अघिल्लो त्रैमासको तुलनामा १५ गुणा बढी हो ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ निकट भविष्यमा सर्वसाधारणमा सेयर बिक्री गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x