Prabhu Life Ad Final

चुक्तापूँजी दोब्बर बनाएको आईएमई जनरल इन्स्योरेन्सको यस्तो देखियो नौ महिनाको वित्तीय अवस्था

IME PAY

इन्स्योरेन्स खबर/काठमाडौंः आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको नौ महिनासम्ममा ८ करोड २३ सय ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गतवर्षको सो अवधिको तुलनामा ३२ दशमलव ७३ प्रतिशतले बढी हो । गतवर्षको चैत मसान्तमा कम्पनीले ६ करोड २० हजार ७४ हजार रुपैयाँ मुनाफा कमाएको थियो ।

एक वर्षको अवधिमा चुक्तापूँजी दोब्बर बढाएको आईएमई जनरलले यो अवधिमा जगेडा कोषमा ११ करोड ४९ लाख रुपैयाँ राखेको छ । समिक्षा अवधिमा कम्पनीले बीमा कोषमा १३ करोड ४७ लाख ४७ हजार रुपैयाँ छुट्याएको छ ।

NCHL

हालसम्म ६७ करोड ५२ लाख ५८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले १ हजार ४ सय ६५ बीमालेखको १६ करोड १० लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको देखिन्छ । त्यस्तै कम्पनीले २० करोड १४ लाख रुपैयाँको १ हजार २ सय २९ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३४ पैसा, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ७ पैसा रहेको छ । त्यस्तै मुल्य आम्दानी अनुपात पिइ रेसियो ४२ दशमलव ०४ गुणा र प्रतिसेयर कुल सम्पत्तीको मुल्य २६२ रुपैयाँ १९ पैसा रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x