Prabhu Life Ad Final

कृषि बीमामा आकर्षित हुन सकेनन् किसान

IME PAY

काठमाडौं: नेपाल सरकारले कृषितर्फ आकर्षण गर्न कृषि बीमा कार्यक्रम ल्याए पनि किसानहरुको त्यत्ति आकर्षण पाइएको छैन । व्यवसायिक रुपमा कृषि पेशामा लागेको किसान बीमातर्फ आकर्षित भए पनि प्युठानका अधिकांश किसानहरु आकर्षित हुन नसकेको हुन । पछिल्लो समयमा जिल्लामा माछापालन, तरकारी खेती, धान, मकै, गहुँ, फलफुल तथा केरा लगायतका बाली उत्पादन हुने भएपनि त्यसको बीमा भने हुन सकेको छैन ।

जिल्ला कृषि विकास कार्यालय प्युठानका अनुसार हाल जिल्लामा ३ जना कृषकले मात्र कृषि बीमा गरेका छन । आर्थिक अभियानले खबरको छापेको छ । धेरै प्रकारका खेती, बाली लगाएतापनि केराबालीमा मात्र बीमा भएको कृषि विकास कार्यालयले जनाएको छ ।

NCHL

जिल्ला कृषि विकास कार्यालय प्युठानका निमित्त कृषि विकास अधिकृत शम्भुनाथका अनुसार बीमाको बारेमा सचेत नहुँदा बीमा नभएको हो । कृषि बीमामा सरकारले ७५ प्रतिशत अनुदान दिँदा पनि किसानले बेवास्ता गरेको उहाँले बताउनुभयो ।

जिल्लामा खेतीयोग्य ४२ हजार ८ सय १४ हेक्टर जमीन रहेपनि २२ हजार १ सय ७४ हेक्टर जमीनमा खेती गरिदैँ आएको छ । अहिले जिल्लामा २ सय ५ सय हेक्टरमा तरकारी खेती गरेतापनि बीमा भने शुन्य रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x