IME Life

गुराँस लाईफको चैत मसान्तसम्मको मुनाफा ४ करोडमाथि

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौंः गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले यो अवधिमा ४ करोड १ लाख २४ हजार रुपैयाँ कमाएको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चैत मसान्तमा ५५ करोड रुपैंया चुक्ता पूँजी लिएर २ करोड ८८ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । अहिले ५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको इन्स्योरेन्सले ४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गतवर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ११ प्रतिशतले बढी हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले जगेडाकोष २० करोड ७८ लाख रुपैयाँमा झारेको छ । निजि क्षेत्रको जीवन बीमा कम्पनी गुराँस लाइफले बीमा कोषमा ३ अर्ब ८६ करोड २९ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ५९ लाख रुपैयाँ राखेको छ ।

कम्पनीले हाल सम्म ५ अर्ब ३० करोड ३२ लाख रुपैयाँ कुल बिमा शुल्क रकम आर्जन गरेको छ भने ३१ करोड ९५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको देखिन्छ । कम्पनीको जारी बीमालेखको संख्या हाल सम्म २ लाख ४ हजार ६४ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्यामा ६ सय ५९ वटा रहेको छ । इन्स्योरेन्सले ६२ लाख ५८ हजार रुपैयाँ बराबरको ३९ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनिको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०१ पैसा, मुल्य आम्दानीको अनुपात ९७ दशमलव ५९ गुणा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS