सानिमा लाईफ इन्स्योरेन्स र माछापूच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौंः सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र माछापूच्छ्रे बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार अब ग्राहकहहरुले माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न पाउनेछन् ।

सम्झौतापत्रमा सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रवन्धक केशब राज के.सी र माछापूच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले हस्ताक्षर गर्नुभयो ।

उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने गरी बैशाख २५ गते मंगलबार उक्त सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार